Section 13
सामान्य कट्टी
कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोबारसँग सम्बन्धित देहायका खर्चहरु कट्टी गर्न पाउनेछः-

(क) सो आय वर्षमा भएका,

(ख) सो व्यक्तिबाट भएका,र

(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।